धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा एक पुरुषको शव फेला परेको छ।
स्थानीय राम तामाङका अनुसार थोपल खोला किनारामा शव भेटिएको हो।
स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अहिले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानपछि मात्रै घटनाबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
शव भेटिएको खोला किनारा सिधा माथी झोलुङ्गे पुल रहेको स्थानीय तामाङले बताउनुभयो।