२०८१ चैत्र ५, बुधबार

बर्दी लगाएर तस्वीर/भिडियो खिच्ने १२० सशस्त्र प्रहरीलाई कारबाही

  • धादिङ आवाज
  • २०८१ फागुन ६, मंगलबार
बर्दी लगाएर तस्वीर/भिडियो खिच्ने १२० सशस्त्र प्रहरीलाई कारबाही

काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले बर्दी लगाएर तस्वीर र भिडियो खिच्ने १ सय भन्दा बढि कर्मचारीलाई कारबाही गरेको छ।

सङ्गठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाहीमा परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ जना र परिचर २ जना रहेका छन् ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गराइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिप्पणी गर्ने कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस