२०८१ चैत्र ५, बुधबार

महिला मानवअधिकार रक्षकलाई क्षमता बढाउन तालिम

  • धादिङ आवाज
  • २०८१ फागुन ७, बुधबार
महिला मानवअधिकार रक्षकलाई क्षमता बढाउन तालिम

धादिङ । सदरमुकाम धादिङबेसीमा महिला मानवअधिकार रक्षकहरुका लागि क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको आयोजनामा धादिङको १३ वटै पालिकाका महिला मानवअधिकार रक्षकहरुका लागि तिन दिने तालिम संचालन गरेको हो ।

तालिममा महिलाहरुको कानुनी अधिकारसंग सम्बन्धित विषयहरु, महिलाको देवानी कानुन, विवाह, सम्बन्ध विच्छेद, अंश,अपराध संहितामा बालविवाह बहुविवाह, जबरजस्ती करणी, मानव वेचविखन, घरेलुहिंसा लगाएतको बारेमा अन्तरक्रिया गरिएको थियो ।

यसैगरी प्रभावित केन्द्रित प्रणाली, रिफरल पाथवेको बारेमा तालिममा सहजीकरण गरिएको थियो ।

जिल्ला अदालतको न्यायधिस मनकुमारी वि.क जिएम, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, अधिवक्ता तोलाकुमारी पाठक, जिल्ला अस्पताको ओ.सी.एम.सी फोकल पर्सन विद्या वि.क, अधिवक्ता राधिका सापकोटा, मनोविमर्शकर्ता गायत्री खतिवडा लगायतले तालिमको सहजीकरण गर्नु भएको तालिममा १३ पालिका ३२ जना महिला मानवअधिकार रक्षकहरु सहभागी थिए ।

तालिमबाट महिला मानवअधिकार रक्षकहरुले सीप सिकेर महिला अधिकारका रक्षा र सम्वद्र्धन लागि क्रियाशिल हुने, अप्ठेरोमा परेकाहरुलाई सुुझाव र सल्लाह दिने र कानुनी जानकारीले महिलाहरुलाई कानूनी रुपमा समेत सहयोग गर्न सकिने सहभागिहरुले बताएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस