२०८१ चैत्र ५, बुधबार

अण्डाको मूल्य घट्यो

  • धादिङ आवाज
  • २०८१ फागुन ९, शुक्रबार
अण्डाको मूल्य घट्यो

काठमाण्डौ । अण्डाको मूल्य घटेको छ ।

आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ। बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उहाँको भनाइ छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस