२०८१ चैत्र ५, बुधबार

गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

  • धादिङ आवाज
  • २०८१ फागुन ११, आईतबार
गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

धादिङ।धादिङको गंगाजमुना गाउँपालिका-७ मा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत वडा कार्यालयमा शनिबारदेखी सुरु भएको २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम आईतबार सम्पन्न भएको हो ।

तालिममा १६ वटा कृषक समुहका अगुवा र लैगिक च्याम्पियनहरुसहित २३ जना सहभागी थिए।

परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक-एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम संचालन भएको हो ।

कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

तालिममा गंगाजमुना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी , कार्यपालिका सदस्य अनितामाया बिक,वडासदस्य सविता श्रेष्ठ , हरिचन्द्र न्यौपाने ,वडामा कार्यरत कर्मचारीहरु,लैगिक एसोसियट शर्मिला गरुङ सहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु लगायतका बिषयमा प्रशिक्षण भएको थियो।

योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियष बस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलिया, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको बुढाथुमबाट प्रयास नेपालका लैगिक एसोसियट शर्मिला गरुङले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस