२०८१ चैत्र ५, बुधबार

गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

  • धादिङ आवाज
  • २०८१ फागुन ११, आईतबार
गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

धादिङ । खनियाबास गाउँपालिका-४ दार्खा चौकीमा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत वडा कार्यालयमा शनिबारदेखी सुरु भएको २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम आईतबार सम्पन्न भएको हो ।

तालिममा १७ वटा कृषक समुहका अगुवा र ६ लैगिक च्याम्पियनहरुसहित २६ जना सहभागी थिए ।

परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक-एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम संचालन भएको हो ।

कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको प्रयास नेपाल धादिङका कृषि प्राविधिक रुपेश तामाङले बताउनु भयो।

गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक कागजातहरु लगायतका बिषयमा सहजिकरण गरिएको दार्खाबाट प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता लक्ष्मी सुनारले जानकारी दिनुभयो ।

यस्तै तालिममा योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा खनियावास गाउँपालिकाका योजना अधिकृत नवराज श्रेष्ठले सहजिकरण गर्नुभएको सहजकर्ता सुनार जानकारी दिनुभयो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस