काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामा रहेका छन् ।
आइतबार बिहान प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५२३२ नम्बरको बसमा सवार लामालाई १ किलोग्राम गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।