धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिका-६ ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३००२ ख १८६८ नम्बरको ट्रक सडकबाट ३० मिटर तल खसेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
उहाँका अनुसार घाईते श्रेष्ठको टाउकोमा चोट लागेको र टाईम्स केयर अस्पताल महादेववेशीमा उपचार भइरहेको छ ।