२०८१ चैत्र ५, बुधबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • धादिङ आवाज
  • २०८१ फागुन १६, शुक्रबार
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाण्डौ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाण्डौ,धादिङ सहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो।

कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए।

भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभयो।

यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको र यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस