२०८१ चैत्र ५, बुधबार

वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा

  • धादिङ आवाज
  • २०८१ फागुन १९, सोमबार
वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

मार्च ८ देखि १६ सम्म युगान्डमा हुने ट्वान्टी–२० प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ।

एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।

नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग खेल्नेछ। नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिसाकुमारी यादव (विकेटकिपर), साना प्रविन र रिया शर्मा रहेका छन्।filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस