२०८१ चैत्र ५, बुधबार

साढे २ किलो अफिमसहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २०, मंगलबार
साढे २ किलो अफिमसहित एक जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-४ बस्ने २६ बर्षीय राजन चेपाङ रहेको प्रहरीले जनाएको छ।

धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र.०३-०३-००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई आइतबार दिउँसो प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले २ किलो ५ सय ग्राम अफिम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस