२०८१ चैत्र ५, बुधबार

खुकुरी चोरीको आरोपमा तीन जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २०, मंगलबार
खुकुरी चोरीको आरोपमा तीन जना पक्राउ

काठमाडौं। खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका-५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका-९ का २३ वर्षीय लाल मोहमद देवान रहेका छन् ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको बोहोराले बताउनुभयो ।

पक्राउ परेकाहरुले काठमाडौंको सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोप छ।

उनीहरुबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस