धादिङ। सेवानिवृत्त राष्ट्र सेवक संघ धादिङको अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन हुनुभएको छ।
बुधबार भएको जिल्ला भेला तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा उमा सिंखडा, बद्रीप्रसाद अधिकारी, सचिव झंकबहादुर थापामगर, सहसचिव सरिता श्रेष्ठ, कोषाध्यक्ष तिर्थ दुवाडी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा तेजेन्द्र प्रताप श्रेष्ठ, प्रेमनाथ सापकोटा, डालदेवी धरेल र रबिन्द्र श्रेष्ठ रहनुभएको छ।