२०८१ चैत्र ५, बुधबार

प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

  • धादिङ आवाज
  • २०८१ फागुन २३, शुक्रबार
प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

धादिङ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ।

बिहिबार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानिरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्घाटन गर्नुएको हो।

११ वर्षसम्म छाप्रामा बसेको सेमजोङ प्रहरीले पक्की भवन पाएसंगै सेवा सोहि भवनबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

दुई चरणमा निर्माण गरेर भवन निर्माण भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयो ।

नवनिर्मित भवनको भुई तल्लामाकार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितको छुट्टाछुट्टै महिला/पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेको छ।

कार्यक्रममा  डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस