धादिङ ।ज्वालामुखी गाउँपालिकाका प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ।
आईतबार वडा नं ६ स्थित साँधभज्याङमा प्रधानाध्यापकहरुको लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापक लागि बालमैत्री स्थानीय शासन नितिगत, प्रक्रियागत र अबलम्बन तथा घोषणा सम्बन्धी जानकारी दिने तथा क्षमता विकास गर्ने उद्येश्यले अभिमुखीकरण कार्यक्रम गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिनुभयो।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका सेवा प्रवाहका ३६ वडा र संस्थागत १५ गरि ५१ वटा सूचकहरू, बिद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधारमा प्रधानाध्यापकहरुको भुमिका बालक्लब, बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो।
अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका ३१ जना प्रधानाध्यापक सहभागी थिए।