२०८२ बैशाख १८, बिहिबार

पानीको ड्रममा डुबेर बालिकाको मृत्यु

  • धादिङ आवाज
  • २०८१ चैत्र ९, आईतबार
पानीको ड्रममा डुबेर बालिकाको मृत्यु

धादिङ। नीलकण्ठ नगरपालिका-४ पौवामा पानीको ड्रममा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।

घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा डुबेर पौवाका सन्जिव परियारको डेढ वर्षिया छोरीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरी श्रेष्ठले जानकारी दिनुभयो।

अध्यक्ष श्रेष्ठका अनुसार मृतक बालिकाको आमा घर भित्र काम गरिरहेको समयमा पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो।

मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ।

मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर रहेकोे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस