काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ पानीघाटबाट सालकको खपेटा सहित एक जना पक्राउ परेका छन्।
शनिबार साँझ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सालकको खपेटा ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो।
मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटा फेला पारी पक्राउ गरेको र
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।