२०८२ अषाढ १, आईतबार

नेपालले आज मलेसियासँग खेल्दै

  • धादिङ आवाज
  • २०८१ चैत्र १२, मंगलबार
नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डौ । एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे देखी मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा शुरु हुनेछ।

फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ ।

नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन। नेपाल र मलेसियाबिच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो।

नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो।

यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ।नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।

होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ। मलेसियासँगको यो खेल नेपालको होम म्याच हो।

तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो।

नेपालले गएको शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

५ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस