
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिईएको छ।
पार्टी सभापति लामिछानेलाई उच्च अदालतको आदेशसँगै प्रहरीले शुक्रबार राति पक्राउ परेपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ।
यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए। केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए।आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देही लैजाने तयारी गरिएको छ।
