२०८२ कार्तिक ३, सोमबार

साथीले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ बैशाख १२, शुक्रबार
साथीले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

काठमाडौँ । साथीले बोकेको बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङका २५ वर्षका कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।

जङ्गलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुकको गोलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

आज कुकुर तिहार

खोजी गर्नुहोस