२०८२ बैशाख १७, बुधबार

प्रि-मनसुनी प्रणाली फेरि सक्रिय हुने

  • धादिङ आवाज
  • २०८२ बैशाख १४, आईतबार
प्रि-मनसुनी प्रणाली फेरि सक्रिय हुने

काठमाण्डौ । प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले आज दिउँसोपछि मौसममा बदली हुने मौसमविद्ले बताएका छन्। यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ।

आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ ।

पानी पर्‍यो भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस