काठमाण्डौ । रुखले च्यापिएर मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलाम नगरपालिका–९ इलामका ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको हो।