२०८२ बैशाख १८, बिहिबार

पहाडी क्षेत्रमा थोरै ठाउँमा पानी पर्ने सम्भावना

  • धादिङ आवाज
  • २०८२ बैशाख १८, बिहिबार
पहाडी क्षेत्रमा थोरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले अहिले कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

आज दिउँसो पनि देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छर हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको उहाँले बताउनुभयो ।

भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस