काठमाण्डौ । कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै बोर्डले यही वैशाख २१ देखि जेठ २ गतेसम्म परीक्षा नियमित रूपमा सञ्चालन हुने भएकाले भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको छ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो।
नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।
पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने पनि स्पष्ट पारेको छ।