२०८२ बैशाख १९, शुक्रबार

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा बिभिन्न खेलकुद प्रतियोगिता गरी मनाउने

  • धादिङ आवाज
  • २०८२ बैशाख १९, शुक्रबार
नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा बिभिन्न खेलकुद प्रतियोगिता गरी मनाउने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो स्थापना दिवसमा बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन वैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ।

नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने भएको छ।

जसअनुरुप वैशाख २३ गते नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता र नीलकण्ठ नगरपालिका र जिल्ला क्रिकेट संघ, धादिङ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै वैशाख २४ गते नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

खेलकुद प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले नाम दर्ता गराइदिनु नगरपालिकाले अनुरोध गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस