२०८२ बैशाख २९, सोमबार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जेष्ठ ३ देखि हुने

  • धादिङ आवाज
  • २०८२ बैशाख २४, बुधबार
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जेष्ठ ३ देखि हुने

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी ज्येष्ठ ३ गतेदेखि हुने भएको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा आगामी जेष्ठ ३ देखि ५ गते सम्म १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो।

शिक्षकहरुको आन्दोलन र कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै पटक पटक प्रतियोगिता स्थगन भएको थियो । भने अब मिति परिवर्तन नहुने अध्यक्ष तामाङले बताउनुभयो ।

मंगलबार जिल्ला खेलकुद विकास समितिले १३ वटै पालिकाहरुलाई पत्राचार गर्दै बैशाख २८ गते भित्र पालिकाबाट छनौट भएका खेलाडिहरुको ईभेन्ट्स सहितको नामावली उपलब्ध गराईदिन अनुरोध गरेको छ ।

यता प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ जेठ ८ देखि १० गतेसम्म दोलखाको चरिकोटमा सञ्चालन गर्ने जनाएको छ ।

प्रदेशले भने २०८२ वैशाख ३० गतेभित्र जिल्ला छनौट गरि ईभेन्ट्स सहितको खेलाडी नामावली, सम्बन्धित जि.वि.स को पत्र र खेलाडी दर्ता फारम सहित परिषद्मा उपलब्ध गराईदिन अनुरोध गरेको छ ।

तर धादिङमा बिभिन्न कारणले सर्दै आएको रनिङ शिल्ड छनौट प्रतियोगिता जेष्ठ ३ देखि हुने पक्का भएको अध्यक्ष तामाङले बताउनुभयो ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने बताउनुभयो।

गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस