२०८२ बैशाख २६, शुक्रबार

कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने

  • धादिङ आवाज
  • २०८२ बैशाख २५, बिहिबार
कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने

कास्की । मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा आज बिहीबार बिभिन्न कलाकारको प्रस्तुती रहने भएको छ ।

आज विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्काको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल को भजन प्रस्तुति तथा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बतायनुभएको छ ।

ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्धमा १ सय ५० जनाले सामुहिक ब्रतबन्ध गरेका छन्।

हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।

संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्ने समेत जानकारी गराएका छन्।

यस्तै कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं.दिनबन्धु पोखरेलसमेत आउनुहुने भएको छ ।पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिनुभयो।

ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् ।

जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ ।

प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको र बुधबार १० समुह प्रतिस्पर्धा गराइएको संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ ।

सो कोटीहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस