२०८२ बैशाख २६, शुक्रबार

आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले भोलि हङकङसँग खेल्ने

  • धादिङ आवाज
  • २०८२ बैशाख २५, बिहिबार
आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले भोलि हङकङसँग खेल्ने

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तरगत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भोलि हङकङसँग खेल्दैछ ।

पहिलो खेलमा भोलि नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्न लागेको हो।

यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ ।

विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।

नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।

थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो । नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस