२०८२ बैशाख २६, शुक्रबार

नक्कली नोट सहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ बैशाख २५, बिहिबार
नक्कली नोट सहित एक जना पक्राउ

धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् ।

गए राति प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट फेला पारी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस