२०८२ बैशाख २६, शुक्रबार

मनाईयो ७३औं कानून दिवस

  • धादिङ आवाज
  • २०८२ बैशाख २६, शुक्रबार
मनाईयो ७३औं कानून दिवस

धादिङ । आज वैशाख २६ गते ७३औं कानून दिवस,धादिङसहित देशैभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

सदरमुकाम धादिङबेशीमा जिल्ला अदालत धादिङले फरक मुद्दा व्यवस्थापन र न्याय सम्पादनमा म्याद तामेलीको भूमिका विषयक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिनुपर्ने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

धादिङ अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमाल,बार एसोसियसन धादिङका अध्यक्ष रामकृष्ण अधिकारी लगाएत सहभागी थिए ।

कानून र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो ।

वि.सं.२००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानून दिवसका रूपमा मनाउन शुरू भएको हो ।

यो ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको शुरूवात यही दिनदेखि भएको मानिन्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस