काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
खेल बिहान पौने ९ बजेदेखी थाइल्याण्डमा शुरू हुनेछ ।
हिजो हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ ।
नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।
हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सु
पर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।