काठमाण्डौ । देशभरको तापक्रम बढेको छ ।केही दिनयता निरन्तर घाम लागेका कारण देशभरको तापक्रम बढेको हो।
प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि भएको र यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइने बताउनुभयो।
तापक्रम अझै बढ्दै जाने उहाँको भनाइ छ ।
यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।