२०८२ अषाढ २, सोमबार

कोटिहोममा दिनबन्धुको प्रवचन सुरु,बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

  • धादिङ आवाज
  • २०८२ बैशाख २९, सोमबार
कोटिहोममा दिनबन्धुको प्रवचन सुरु,बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पं.दिनबन्धु पोखरेल प्रवचन सुरु गर्नुभएको छ।

पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्नुहुने छ । उहाँले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ ।

आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ।

महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ।

यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ।यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले जानकारी दिनुभयो ।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरिएको छ ।कोटिहोममा राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बिसी र भूमिका गिरीको प्रस्तुति रहेको थियो।

कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबार सम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन्।

कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस