धादिङ । नेपाल शिक्षक संघ धादिङले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ ।
मंगलबार नेपाल शिक्षक संघको ३६औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धादिङमा उपचारत २३ जना विरामीलाई फलफुल वितरण गरेको हो ।
नेपाल शिक्षक संघको वाग्मती प्रदेश अध्यक्ष दिपक सिखंडा, नेपाल ट्रेड युनियन संघिय सदस्य विष्णु अधिकारी, नेपाल शिक्षक संघका धादिङ जिल्ला अध्यक्ष देवी प्रसाद छत्कुली, सचिव रोहिणी पसाद कोइराला, कोषाध्यक्ष चिरन्जीवि अधिकारी, सह–सचिव नवराज सापकोटा, केन्द्रिय प्रतिनिधी राधिका सिंखडा लगायत संघमा आवद्ध शिक्षकहरु उपस्थितीमा विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला सदस्य जनार्दन नेपालले जानकारी दिनुभयो ।