२०८२ माघ १, बिहिबार

न्यु डायमन्डका प्रशिक्षक राईलाई सम्मान गर्ने

  • धादिङ आवाज
  • २०८२ पौष १०, बिहिबार
न्यु डायमन्डका प्रशिक्षक राईलाई सम्मान गर्ने

धादिङ- धादिङ भलिबल संघले काठमाडौंको नैकापमा रहेको न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राईलाई सम्मान गर्ने भएको छ ।

सदरमुकाम धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको अवसरमा शुक्रबार प्रशिक्षक राईलाई सम्मान गर्ने कार्यक्रम रहेको धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।

राईलाई १२ गते समापनको दिन सम्मान गर्ने कार्यक्रम तय भएको भएपनि उहाँको कार्यव्यस्तताका कारण ११ गते शुक्रबारनै सम्मान गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

राईकै प्रशिक्षणमा रहेका धादिङका रेविका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ लगायत अन्य खेलाडीहरु हाल यस जारी प्रतियोगितामा खेलिरहेका छन् ।

राई न्यु डायमन्डको प्रशिक्षक भएर महिला भलिबल टोलीलाई राष्ट्रिय स्तरका प्रतियोगितामा सफलता दिलाउनुभएको छ । क्लबले नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताहरूमा उपाधि समेत हासिल गरेको छ।

वर्षौंदेखि महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आउनुभएका राईले सीमित स्रोत, आफ्नै कोर्टको अभाव र आर्थिक कठिनाइका बाबजुद राष्ट्रिय स्तरका महिला भलिबल खेलाडीहरु उत्पादन गर्न सफल हुनुभएको छ ।

धादिङ जिल्ला भलिबल संघले यस प्रतियोगिता समापनको दिन राष्ट्रिय भलिबल खेलाडी शरण सामरी, रविन नगरकोटी, भावना तामाङ, रेविका तामाङ लगायतलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको गुरुङले बताउनुभयो ।

जारी प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा धादिङ टिम ‘ए’, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अब ११ गते शुक्रबार हुने पहिलो सेमिफाइनलमा बिहान ११ बजे धादिङ टिम ‘ए’ ले रामेछापसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो सेसिफाइनलमा दिउँसो १ बजे सिन्धुपाल्चोकले नुवाकोटसँग खेल्नेछ ।

फाईनन खेल पुस १२ गते हुनेछ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने  गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए । जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस