धादिङ । नुवाकोटको सूर्यगढी नगरपालिका-१ घर भएकी २८ वर्षीया बिमला तामाङको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने बिमला तामाङ गत चैत २९ गते साँझ काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेकी थिईन्।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय राम चन्द्र पन्तलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।