२०८२ जेष्ठ ३१, शनिबार

राष्ट्रिय युवा संघ खनियाबासको अध्यक्षमा नारायण तामाङ चयन

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १, बिहिबार
राष्ट्रिय युवा संघ खनियाबासको अध्यक्षमा नारायण तामाङ चयन

धादिङ । राष्ट्रिय युवा संघ खनियाबास गाउँपालिका कमिटीको अध्यक्षमा नारायण तामाङ चयन हुनुभएको छ ।

मंगलबार राष्ट्रिय युवा संघ खनियाबास गाउँपालिका कमिटि ले वडा नं ४ को दार्खामा आयोजना गरेको दोस्रो पालिका अधिवेशनले नारायण तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरिएको जिल्ला कमिटि सदस्य रुविन तामाङले जानकारी दिनुभयो ।

कमिटिको उपाध्यक्षमा आशिष् तामाङ, सचिवमा कृष्ण तामाङ, सहसचिवमा योन्जा तामाङ, कोषाध्यक्षमा सोम बहादुर तामाङ चयन हुनुभएको छ ।

धानु तामाङको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कमरेड ईमान तामाङ को प्रमुख आतिथ्यता, युवा संघ जिल्ला इन्चार्ज कामल सिलवाल, युवा संघ जिल्ला अध्यक्ष सुनिल तामाङको बिशेष आतिथ्यता रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस