२०८२ अषाढ १, आईतबार

शैक्षिक गुणस्तर र शिक्षण पद्धती सम्बन्धी अभिमुखीकरण

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ५, सोमबार
शैक्षिक गुणस्तर र शिक्षण पद्धती सम्बन्धी अभिमुखीकरण

धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङ खिर्रे भञ्ज्याङमा रहेको नलाङ पात्ले माध्यमिक बिधालयमा शैक्षिक गुणस्तर र शिक्षण पद्धती सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

बिधार्थीहरुमा पढाईप्रति रुची, शैक्षिक गुणस्तरमा बिधार्थीहरु र शिक्षक तथा अभिभावकहरुको भुमिकालाई सरलीकरण गर्न, बिधालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षकहरुको शिक्षण सिकाईमा प्रभावकारी बनाउने उद्धेश्यले विद्यालयको सहकार्यमा नलाङ पात्ले मावि पूर्व विद्यार्थी समाजले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिदै बिद्यालयको पूर्व विद्यार्थी समाजका संयोजक एवम मेन्टर तारा तुम्सिङ मगरले कुनै ब्यक्ति जन्मिदै ठूलो र सानो वा उच्च र निच भएर जन्म नहुने भएको हुदा ब्यक्तिको जन्म भएपछि उसको पारिवारिक तथा छिमेकमा हुने वातावरणले बिस्तारै उसको पहिचान निर्धारण हुने बताउनु भएको छ।

कतिपय शिक्षकहरु आफैसंग भएको क्षमता चिन्न नसक्दा पाठ्यक्रम अभावको नाममा शिक्षण सिकाई प्रभावकारी बनाउन नसकिरहेको उहाँको भनाई थियो ।

प्रशिक्षक मगरले डिजिटलको समयमा रातदिन साथमै रहने प्रबृधिको भरपुर उपयोग गरेर बिधालयमा शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने कुरा बताउनु भएको थियो ।

शिक्षण सिकाई भनेको आफु र आफ्नो बिधालमा नभएको कुरामा अल्झिएर नभई आफु र बिधालयमा जे कुरा छ त्यही कुरालाई सृजनात्मक रुपमा उपयोग गरी शिक्षण सिकाईले प्रभावकारी हुने र शैक्षिक गुणस्तरमा पनि राम्रो बृद्धि हुने भएको आफुसंग भएको श्रोत साधनहरुको भर उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

यस्तै आधुनिक प्रबृधिको सहि सदुपयोगले बिधार्थीहरुलाई समाजमा आवश्यक ब्यक्तित्वको रुपमा आफुलाई बिकास गर्न सकिने बताउनु भएको छ।

सबै भन्दा पहिले बिधार्थीहरुले म किन र केका लागि पढ्ने र मेरो भबिष्य केमा सुनिश्चित छ भन्ने कुराको निश्चित उद्धेश्य बनाएर अध्ययन गर्नाले हरक्षण अध्ययनप्रतिको रुचिमा जागरुकता आउने समेत प्रशिक्षक मगरले बताउनुभयो ।

आफ्नो सन्तानलाई डाक्टर, इन्जिनियर, उधमशिल, शिक्षक, दक्ष प्रशासक वा असल नेतृत्व बनाउने भन्ने कुरा अभिभावकले सन्तानहरु प्रति देखाउने ब्यबहार र वाताबरणमा निर्भर हुने बताउनु भएको छ।

अभिमुखीकरण कार्यक्रमले बिद्यालय र बिद्यार्थीहरुको शैक्षिक स्तर बृद्धि गर्नमा बिधार्थी, शिक्षक र अभिभावकको महत्वपुर्ण भुमिका हुने बिद्यालयका शिक्षक प्रकाश श्रेष्ठले बताउनु भएको छ।

बिधार्थीको पढाई प्रतिको रुची र शिक्षकहरुमा शिक्षण पेशा प्रतिको जागरुकता तथा अभिभावकहरुमा बिधार्थी र बिधालयको शैक्षिक गुणस्तरमा महत्वपुर्ण भुमिकालाई ताजगी बनाउन संचालन गरिएको अभिमुखिकरण कार्यक्रमले बिधार्थी,शिक्षक र अभिभावकहरुमा थप उत्साह आउने बिद्यार्थीहरुले बताएका थिए ।

कार्यक्रममा शिक्षकहरु, पूर्व विद्यार्थी समाजका रमेश शाह, आयुश विश्वकर्मा, नलाङ पात्ले माविबाट कक्षा १२ को परिक्षामा सामेल भएका बिद्यार्थी र कक्षा ११ को परीक्षा तयारीमा रहेका बिद्यार्थी सहभागी थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस