२०८२ जेष्ठ ३१, शनिबार

८ किलो गाँजासहित दुईजना पक्राउ

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ६, मंगलबार
८ किलो गाँजासहित दुईजना पक्राउ

धादिङ । धादिङको गल्छी गाउँपालिका-७ गल्छी चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका वडा नं.८ चैनपुर बस्ने ४४ वर्षीय बद्री अधिकारी र सोही ठाउँका ४६ वर्षीय देबराज अधिकारी रहेका प्रहरीले जनाएको छ ।

५ गते सोमबार बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ३१३० नम्बरको बसमा सवार उनीहरूलाई करिब ८ किलोग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बद्री अधिकारीले बोकेको झोलाबाट चार ओटा पोकामा ४ किलो ५०० ग्राम र देवराज अधिकारीले बोकेको झोलाबाट चार ओटा पोकामा ४ किलो गाँजा बरामद गरिएको हो ।

पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस