धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा हरिबहादुर सिलवाल चयन हुनुभएको छ ।
एमाले निकट संगठनको १४ औँ जिल्ला अधिवेशनले सिद्धलेक गाउँपालिका २ नलाङ ठाँटीमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सिलवालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बैकुण्ठ रिमाल र पम्फा मगराती, सचिवमा राजन अर्याल, सहसचिवमा देवकी दुवाडी, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ र सहकोषाध्यक्षमा अञ्जु थपलिया चयन हुनुभएको छ ।
अधिवेशनले ठानप्रसाद बसौला, रामबहादुर खतिवडा, बलराम इटनी, र अर्जुन आचार्यलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ भने ११ जना प्रदेश प्रतिनिधि चयन गरेको छ ।
यसैगरी इश्वर पन्तको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ।