२०८२ जेष्ठ ३०, शुक्रबार

नागढुङ्गा–नौबिसे सडक दिउँसोमा साढे ४ घण्टा बन्द गरिने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ७, बुधबार
नागढुङ्गा–नौबिसे सडक दिउँसोमा साढे ४ घण्टा बन्द गरिने

काठमाण्डौ । जेठ १० गतेदेखि नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

काठमाण्डौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि जेठ २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।

निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो ।

प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको सुचनामा भनिएको छ । काठमाण्डौबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस