धादिङ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बृद्ध धादिङको नीलकण्ठ नगरपालिका-९ निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालको उपचारको क्रममा मृत्यु भएको छ।
गत बैशाख २५ गते निगालपानीमा आफ्नै भतिजले खुकुरी प्रहार गरि गम्भिर घाईते भएका लम्सालको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो ।
लम्साललाई आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरी घाईते वनाएका थिए ।
घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।
खुकुरी प्रहार गर्ने बाबुकाजी लम्साल यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए ।
बाबुकाजीको श्रीमतीको ८८ वर्षीय वृद्ध जगनाथले नै काजक्रिया गर्दै आएका थिए । श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न नसक्ने जगनाथमाथी बसिरहेकै ठाउँमा अनुहारमा धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ।
जगनाथको अनुहार र टाउमा गम्भीर चोट लागेको थियो ।
बाबुकाजीलाई सोही दिन नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।