काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ब्रम्हटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल,मोबाइल र नगदसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङका २५ वर्षीय बिजय आलेमगर, काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली घर भएका २४ वर्षीय सागर श्रेष्ठ, काठमाडौं टेकु बस्ने काभ्रे भएका २३ वर्षीय रविन श्रेष्ठ र नुवाकोट घर भएका २१ वर्षीय सुरेन्द्र अछामी रहेका छन् ।
बिहीबार साँझ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ हजार ६७ ट्याब्लेट, मोबाइल ७ थान र नगद १९ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।