धादिङ । लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन हुनुभएको छ ।
आज धादिङबेसीमा सम्पन्न लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५/२६ को निर्वाचनबाट अध्यक्षमा विक्रम विश्वकर्मा चयन हुनुभएको हो ।
निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरिएको छ।
क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सिताराम अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२५४/२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।
जसमा क्लब सञ्चालन गरेको विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) , वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा) , चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समीक्षा गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कविता ईटनी उप्रेती, विशिष्ट अतिथि सिताराम अधिकारी र अतिथि लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल शुभकामना मन्तव्य राख्नुभएको थियो भने क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गर्नुभएको थियो ।
यस्तो छ,लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा चयन हुनुभएका विक्रम विश्वकर्माको सामाजिक पृष्ठभूमी
१. वि.स.२०६०/०६१ सम्म २ कार्यकाल जूनियर युवा रेडक्रस सोसाईटी कर्नेश्वर मा.वि.को अध्यक्ष
२. कर्नेश्वर मा.वि.मा जूनियर युवा रेडक्रस सर्कलको अध्यक्ष हुँदा जिल्ला स्तरीय जूनियर युवा सर्कल सम्मेलनको आयोजना र काभ्रेको बनेपामा सम्पन्नम राष्ट्रिय जूनियररयुवा रेडक्रस सर्कलको कार्यक्रममा धादिङ जिल्लाबाट पुरूष विद्यार्थीको प्रतिनिधित्व
३. वि.स.२०६६(६७ सम्म अमृत साइन्स क्याम्पसमा २ कार्यकाल युवा रेडक्रस सर्कलको अध्यक्ष
४. नेपाल रेडक्रस सोसाईटी धादिङको आजिवन सदस्य
५. लायन्स क्लब अफ धादिङ काठमाण्डौं क्लबको द्वितीय उपाध्यक्ष
विश्वकर्मा हाल धादिङ अस्पतालमा समेत कार्यरत हुनुहुन्छ ।