२०८२ अषाढ १, आईतबार

शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १०, शनिबार
शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शनिबार गाउँपालिकाको वडा नम्बर(३ गुम्दीमा वडामा सञ्चालित विद्यालयहरुमा शैक्षिक सुधारका विषयमा छलफल गरिएको हो ।

गङ्गाजमुना गाउँपालिका-३ को आयोजनामा जनप्रतिनिधिहरु, वडा भित्र रहेका ६ वटा विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, वि

द्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरुलाई गुणस्तरिय शिक्षा प्रवाह तथा शैक्षिक सुधारका विषयमा एक दिने अभिमूखिकरण गरिएको हो ।

कार्यक्रममा गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले शिक्षा क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा शैक्षिक सुधारका लागि विद्यालयमा देखिएका समस्या, चुनौति र ति समस्या तथा चुनौति समाधानका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावकको भूमिका लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नुभएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस