२०८२ अषाढ २, सोमबार

आज पनि केही ठाउँमा पानी पर्ने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ११, आईतबार
आज पनि केही ठाउँमा पानी पर्ने

काठमाण्डौ । मौसमी प्रणाली पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती प्रदेशलगायत देशका उच्च पहाडी भागका थोरै ठाउँ तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ ।

केरलाबाट कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रिने गर्छ ।नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो ।

तर अब बीचमा नरोकिएर आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने सम्भावना देखिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस