२०८२ अषाढ २, सोमबार

धादिङमा गणतन्त्र दिवस भव्य रुपमा मनाईने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १२, सोमबार
धादिङमा गणतन्त्र दिवस भव्य रुपमा मनाईने

धादिङ । धादिङमा सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजेले गणतन्त्र दिवस भव्य कार्यक्रम आयोजना गरि मनाउने भएको छ।

गणतन्त्र दिवस मुल समारोह समितिको सोमबार बसेको बैठकले दिवसको अबसरमा धादिङमा बिभिन्न कार्यक्रम आयोजना गरी मनाईने भएको छ ।

समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले गणतन्त्रको उपलब्धि र यसलाई संस्थागत गर्ने विषयमा समेत छलफल गरिएको छ ।

बैठकमा नेपाली काँग्रेसका बिनोद तिमल्सिना, नेकपा एमालेका राधिका सापकोटा, नेकपा माओवादी केन्द्रका मनराज भण्डारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा , प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायत सहभागी हुनुभएको थियो ।

मुल समारोह समितिले जेठ १५ गते प्रभातफेरी कार्यक्रम आयोजना गर्ने भएको छ ।

राजनीति दलहरुले व्यानर सहित प्रभातफेरीमा सहभागि हुने छन् भने प्रभातफेरीमा गणतन्त्र झाँकि समेत सहभागी हुने र उत्कृष्ट झाँकिहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

प्रभातफेरी पछि गणतन्त्रको उपलब्धि बारे अन्तरक्रिया, कार्यक्रम स्थलमा रक्तदान, रेडियो टिभिमा नेपाल पत्रकार महासंघको समन्वयमा अन्तरसम्वाद गर्ने, नेपालमा गणतन्त्र अवसर र चुनौती भन्ने विषयमा पालिकाहरूले पुरस्कार सहितको वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ ।

मुल समारोह समितिले जेठ १४, १५ र १६ गते सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ(संस्थाका कार्यालयहरूको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाँउने र साँझ सम्पूर्ण कार्यालयहरू र जिल्लाबासीका घर(घरमा समेत दीप प्रज्जवलन समेत आग्रह गरिएको छ ।

यस्तै जेठ १५ गते बहिरा विद्यार्थीहरुका लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग तथा प्रोत्साहन गर्ने र जेठ १४ गतेको बिहान सार्वजनिक स्थल, खोला नाला, सडक तथा सार्वजनिक कार्यालयहरु सरसफाई गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

दिवसको मुल समारोह समितिले स्थानीय तहका सरकारहरुलाई समेत दिपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ ।

निर्णयहरु :

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस