काठमाण्डौ ।नेपालमा हिन्दू धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेका छन् ।
२०७८ को जनगणना अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा रहेको उल्लेख गरेको छ ।
त्यस्तै इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् ।
यसैगरी नेपालमा ३ दशमलव २ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।