धादिङ । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विहिबार अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लागेर गल्छी गाउँपालिका ५ रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार तामाङले आफ्नै घरमा जडान गरेकोे मिलमा कोदो पिस्दै गर्दा एक्कासि मेसिनमा करेन्ट सर्ट भई मृत्यु भएको हो ।