२०८२ जेष्ठ १९, सोमबार

आइतवार सार्वजनिक बिदा

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १६, शुक्रबार
आइतवार सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना निकालेर उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने जनाएको छ ।

आइतवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको रथ हिजो लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । रथ जावलाखेल पुर्‍याइएसँगै अब पर्सि आइतवार भोटो जात्रा मनाइनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

धादिङलाई २० पदक

खोजी गर्नुहोस